काठमाडौं। अमेरिकी अधिकारीले चीनको दक्षिण–पश्चिमी शहर छेङ्दुमा रहेको आफ्नो महावाणिज्य दूतावास डेडलाइनअघि नै छाडेका छन्। चीनले उक्त महावाणिज्य दूतावास खाली गर्न आजसम्मको समय दिएको थियो। तर, अधिकारीहरूले घोषित समयभन्दा केही घण्टाअघि नै कागजपत्र लिएर कार्यालयबाट बाहिरिएका हुन्।

उक्त घटनापछि केही स्थानीय चिनियाँ झण्डा बोकेर बाहिर निस्किएका थिए। अमेरिकी महावाणिज्य दूतावास बन्दमा उनीहरू खुशी भएका थिए। गत साता अमेरिकाले टेक्ससको ह्युस्टनमा रहेको चिनियाँ दूतावास बन्द गरेको थियो। त्यसको जवाफस्वरूप चीनले पनि छेङ्दुको महावाणिज्य दूतावास बन्द गराएको हो।

चीनले ‘बौद्धिक सम्पदा’ चोरेको हुनाले दूतावास बन्द गर्नु परेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताएका थिए। यसको जवाफमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘चीनविरोधी झुटको घोलमेल’ भनेका थिए। पछिल्लो समय यी दुई विशाल मुलुकबीच अनेकखाले तनाव उत्पन्न भएको छ। (बीबीसी)

" /> काठमाडौं। अमेरिकी अधिकारीले चीनको दक्षिण–पश्चिमी शहर छेङ्दुमा रहेको आफ्नो महावाणिज्य दूतावास डेडलाइनअघि नै छाडेका छन्। चीनले उक्त महावाणिज्य दूतावास खाली गर्न आजसम्मको समय दिएको थियो। तर, अधिकारीहरूले घोषित समयभन्दा केही घण्टाअघि नै कागजपत्र लिएर कार्यालयबाट बाहिरिएका हुन्।

उक्त घटनापछि केही स्थानीय चिनियाँ झण्डा बोकेर बाहिर निस्किएका थिए। अमेरिकी महावाणिज्य दूतावास बन्दमा उनीहरू खुशी भएका थिए। गत साता अमेरिकाले टेक्ससको ह्युस्टनमा रहेको चिनियाँ दूतावास बन्द गरेको थियो। त्यसको जवाफस्वरूप चीनले पनि छेङ्दुको महावाणिज्य दूतावास बन्द गराएको हो।

चीनले ‘बौद्धिक सम्पदा’ चोरेको हुनाले दूतावास बन्द गर्नु परेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताएका थिए। यसको जवाफमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले ‘चीनविरोधी झुटको घोलमेल’ भनेका थिए। पछिल्लो समय यी दुई विशाल मुलुकबीच अनेकखाले तनाव उत्पन्न भएको छ। (बीबीसी)

"> समयअघि नै छाड्यो अमेरिकाले चीनस्थित महावाणिज्य दूतावास: Dekhapadhi
समयअघि नै छाड्यो अमेरिकाले चीनस्थित महावाणिज्य दूतावास <p style="text-align: justify;">काठमाडौं। अमेरिकी अधिकारीले चीनको दक्षिण&ndash;पश्चिमी शहर छेङ्दुमा रहेको आफ्नो महावाणिज्य दूतावास डेडलाइनअघि नै छाडेका छन्। चीनले उक्त महावाणिज्य दूतावास खाली गर्न आजसम्मको समय दिएको थियो। तर, अधिकारीहरूले घोषित समयभन्दा केही घण्टाअघि नै कागजपत्र लिएर कार्यालयबाट बाहिरिएका हुन्।</p> <p style="text-align: justify;">उक्त घटनापछि केही स्थानीय चिनियाँ झण्डा बोकेर बाहिर निस्किएका थिए। अमेरिकी महावाणिज्य दूतावास बन्दमा उनीहरू खुशी&nbsp;भएका थिए। गत साता अमेरिकाले टेक्ससको ह्युस्टनमा रहेको चिनियाँ दूतावास बन्द गरेको थियो। त्यसको जवाफस्वरूप चीनले पनि छेङ्दुको महावाणिज्य दूतावास बन्द गराएको हो।</p> <p style="text-align: justify;">चीनले &lsquo;बौद्धिक सम्पदा&rsquo; चोरेको हुनाले दूतावास बन्द गर्नु परेको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताएका थिए। यसको जवाफमा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले &lsquo;चीनविरोधी झुटको घोलमेल&rsquo; भनेका थिए। पछिल्लो समय यी दुई विशाल मुलुकबीच अनेकखाले तनाव उत्पन्न भएको छ। <em>(बीबीसी)</em></p>
प्रतिक्रिया दिनुहोस्