नवलपुर। नवलपरासी बर्दघाट (सुस्तापूर्व) को गैँडाकोट-१३ मा अवस्थित कैलाश सन्यास आश्रममा रहेको ऐतिहासिक सम्पदा ओझेलमा परेको छ।
सेनकालीन सभ्यता झल्किने मन्दिरको भग्नावशेष फेला परेको यस स्थानको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो।
चितवनको नारायणगढबाट करिब १६ किलोमिटर पश्चिम दक्षिणमा पर्ने यस स्थानमा सात वर्ष अघि पुरातत्व विभागले उत्खननसमेत गरेको थियो। विभागले आर्थिक वर्ष २०७० देखि २०७२ सम्म गरेको उत्खननका क्रममा यहाँबाट एक हजार ५०० सय भन्दा बढी पुराना ढुङ्गा निकालेको थियो । हरेक ढुङ्गामा कलात्मक आकृति झल्किने हस्तकला देख्न पाइन्छ ।
विभागले गरेको उत्खनन्का क्रममा यहाँ चौधौँ वा पन्ध्रौँ शताब्दीमा सेन राजाको शासनकालमा भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने आधार भेटिएको कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले जानकारी दिए।
यहाँ उत्खननका क्रममा भेटिएको कलात्मक ढुङ्गा सुर्खेतको काँक्रे बिहारमा झैँ उही शैलीका कलात्मक ढुङ्गा भेटिएकाले यो सेनकालीन समयको भएको उनले बताए।

यसै क्षेत्रमा मणिमुकुन्द सेनको दरबारसमेत रहेकाले यस मन्दिरमा उनले पूजाआज गर्ने गरेको स्थानीय बताउँछन्। सोही समयको मन्दिर हुनसक्ने भन्दै यसलाई उस्तै शैलीमा पुनः निर्माण गर्नका लागि विभागले सात करोड ६९ लाख रकम विनियोजन गरेको गैँडाकोट-१३ का वडाध्यक्ष पदम पौडेलले बताए।
पूर्वपश्चिम राजमार्गको बेल्डिहाबाट करिब साढे एक किलोमिटर दक्षिणतर्फ नारायणी नदीकिनारमा अवस्थित यस स्थानको पुनःनिर्माणको कामसमेत शुरु भइसकेको छ।
नदीकिनारमा अवस्थित कैलाश सन्यास आश्रम वरपर करिब तीन हजारको सङ्ख्यामा कलात्मक ढुङ्गा भेटिएका छन्।
“उत्खनन गर्दा भेटिएको शिव मन्दिर र त्यसको गर्भमा भेटिएको शिव लिङ्गको आधारमा यहाँ शिवको भव्य मन्दिर रहेको पुष्टि हुन्छ”, उनले भने, “त्यहाँ भेटिएका वस्तु अंशको अधिकतम प्रयोग गर्ने योजनाका साथ पुराना कलात्मक ढुङ्गालाई सोही आकारमा नयाँ बनाउने काम शुरु भइसकेको छ ।” रासस
" /> नवलपुर। नवलपरासी बर्दघाट (सुस्तापूर्व) को गैँडाकोट-१३ मा अवस्थित कैलाश सन्यास आश्रममा रहेको ऐतिहासिक सम्पदा ओझेलमा परेको छ।सेनकालीन सभ्यता झल्किने मन्दिरको भग्नावशेष फेला परेको यस स्थानको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको हो।

">