बाजुरा। बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ। वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन्।
गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन्। सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरू भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ।
कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरू गरिएको बताए। आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एअर कार्गो सेवा राजा एअरपोट प्रतिनिधि ज्ञानु बमले बताए।
बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक खुशी भएका छन्। कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र फेरि पनि सुरक्षाका उपायमा हेलचक्राइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ। विशेष गरेर प्रसूति र अन्य बिरामीलाई सहज हुने भएको छ। रासस
" /> बाजुरा। बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ। वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन्।गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन्। सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरू भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ।

">