दमौली। वन मुद्दाका दुई फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भानु नगरपालिका-६ ढुङ्गागाडे बस्ने ६७ वर्षीय भीमबहादुर अधिकारी र व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने ४५ वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरुलाई हिजो घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए। भीमबहादुरलाई जिल्ला अदालत तनहुँको १२ चैत २०७० को फैसलाले तीन महीना कैद र १९ हजार ७१३ जरिवाना तथा अशोकलाई २३ भदौ २०७२ को फैसलाले दुई महीना आठ दिन कैद र १५ हजार जरिवानाको फैसला भएको थियो।
पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। रासस
" /> दमौली। वन मुद्दाका दुई फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन्।पक्राउ पर्नेमा भानु नगरपालिका-६ ढुङ्गागाडे बस्ने ६७ वर्षीय भीमबहादुर अधिकारी र व्यास नगरपालिका-१० डिहीगाउँ बस्ने ४५ वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

">