राजविराज। जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
राजविराज नगरपालिका-६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा हिजो प्रहरीले छापा मारेर अवैधरूपमा भण्डार गरी राखेको मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स. १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार युरिया मल र गाडीका चालकलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको छ। रासस
" /> राजविराज। जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।राजविराज नगरपालिका-६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा हिजो प्रहरीले छापा मारेर अवैधरूपमा भण्डार गरी राखेको मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स. १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार युरिया मल र गाडीका चालकलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको छ। रासस
">