काठमाडौं। सुनसरीको कोशी गाउँपालिकास्थित भाण्टाबारी चारकुनेबाट प्रहरीले अवैध लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको भाण्टाबारी सीमा प्रहरी चौकीको टोलीले स्थानीय २० वर्षीया गीतादेवी सदालाई आज बिहान १० बोतल डाइलेक्स डिसी र ५० ट्याब्लेट नाइट्रोसनसहित पक्राउ गरेको हो।
नियन्त्रित लागुऔषध लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा अवैध लागुऔषध ओसारपसारको ठूलो समस्या रहेकाले प्रहरीले विशेष अभियान चलाइरहेको बताएको छ।
प्रहरीका अनुसार उनलाई थुनामा राखी थप अनुसन्धान भइरहेको छ।
" /> काठमाडौं। सुनसरीको कोशी गाउँपालिकास्थित भाण्टाबारी चारकुनेबाट प्रहरीले अवैध लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ।नेपाल प्रहरीको भाण्टाबारी सीमा प्रहरी चौकीको टोलीले स्थानीय २० वर्षीया गीतादेवी सदालाई आज बिहान १० बोतल डाइलेक्स डिसी र ५० ट्याब्लेट नाइट्रोसनसहित पक्राउ गरेको हो।

">