काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई कडा कारबाही नगरे देशव्यापी सशक्त आन्दोन गर्ने चेतावनी दिएको छ।
संघले सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाइएको घटना, निर्मला पन्तको बलात्कारका दोषीको पहिचान गर्न नसक्नु, हिट एण्ड रन मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाइ गरिएको र युवतीमाथि एसिड आक्रमणलगायतका घटनाको विरोध गर्दै सबै घटनाका दोषीहरूलाई कारबाही गर्न माग गरेको हो।
कार्यक्रममा नेपाल महिला संघकी महासचिव तथा पूर्व सांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घटनाहरू दिनप्रतिदिन बढिरहेकोमा चिन्ता व्यक्त गरिन्।
उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पूरा हुँदासमेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिलाउन नसकेकोमा गुनासो पोखिन्।
“आज दुई वर्ष हुँदासमेत सरकारले निर्मलाको हत्यारालाई पक्राउ गर्न सकेको छैन। देशमा कानूनी राज्यको उपहास भएको छ,” खतिवडाले भनिन्।
बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही नहुँदा अपराध गर्नेहरूको मनोबल बढेको उनको टिप्पणी छ।
खतिवडाले हालै ओखलढुंगा स्थायी घर भई काठमाडौंमा बस्ने २२ वर्षीया पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण भएको घटनाको पनि कडा शब्दमा निन्दा गरिन्। उनले एसिड आक्रमण गर्ने अपराधीहरूलाई कडा कारबाही गरिनुपर्ने जोडदार माग गरिन्।
आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैद पाएका पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वोच्चले कैद मिनाह गरेको फैसलाप्रति उनले घोर आपत्ति जनाइन्। सर्वोच्चको पछिल्लो फैसलाले देशमा न्याय मरेको आभाष भएको तर्क उनको थियो।
“अन्तर्राष्ट्रिय कानून संशोधन गरेर भए पनि बलात्कारपछि हत्या गर्नेजस्तो जघन्य अपराध गर्ने, जिउँदै जलाउनेलगायतका घटनामा संलग्न दोषीहरूलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने मेरो मान्यता हो,” खतिवडाले भनिन्। महिलामाथि हुने हिंसा, अपराधका घटनामा सबै एकजुट हुनुपर्ने उनले बताइन्।
उनले प्रतिशोध साँध्ने हतियारको रूपमा एसिड हान्ने प्रवृत्ति मौलाएको सुनाउँदै एसिडको बिक्री-वितरणमा नै प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिइन्। उनले थपिन्, “पछिल्लो सात वर्षमा १९ युवती र तीन पुरूषमाथि एसिड प्रहारका २१ घटना भएका छन्।”
उनले २०७६ साल साउन २६ गते सर्वोच्च अदालतले एसिड नियमन गर्नेबारे गरेको आदेशको कार्यन्वयन गर्न सरकार चुकेको बताइन्।
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदा पनि महिलामाथि हिंसाका घटना नरोकिएको दुःख व्यक्त गरिन्।
महिलामाथि हुने अन्यायको विरूद्धमा संघर्ष गर्नुपर्ने उनले बताइन्। एसिड आक्रमण, गीता ढकालको हत्यादेखि निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीहरूलाई कानूनी कठघरामा उभ्याइनुपर्ने माग उनले राखिन्।
कार्यक्रममा नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताइन्। न्यायालयको तुलोमा एकातर्फ न्याय र अर्कोतर्फ पैसा देखिएको भन्दै आफूहरूलाई यसले लज्जाबोध भएको भनाइ उनको थियो।
“म नेपाल सरकारसमक्ष प्रश्न गर्न चाहन्छु- देशमा न्याय कहाँ गयो ? अपराधीलाई चोख्याउने काम न्यायलयबाट हुनु हुँदैन। हामी यहीँबाट खबरदार गर्न चाहन्छौं,” पन्तले भनिन्।
" /> काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई कडा कारबाही नगरे देशव्यापी सशक्त आन्दोन गर्ने चेतावनी दिएको छ।संघले सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाइएको घटना, निर्मला पन्तको बलात्कारका दोषीको पहिचान गर्न नसक्नु, हिट एण्ड रन मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाइ गरिएको र युवतीमाथि एसिड आक्रमणलगायतका घटनाको विरोध गर्दै सबै घटनाका दोषीहरूलाई कारबाही गर्न माग गरेको हो।

">