काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
उच्च अदालत पाटनबाट १५ लाख रूपैयाँ जरिवाना र १० दिन कैद सजायको फैसला भएका राजेन्द्रकुमार महर्जनलाई पक्राउ गरेको हो।
ललितपुरको इमाडोल घर भएका ४७ वर्षीय महर्जनलाई काठमाडौंको कलङ्कीबाट आज पक्राउ गरिएको सीआईबी प्रवक्ता तथा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। प्रहरीले महर्जनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेको छ।
महर्जनले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो खाता नम्बर ०५२०५०५००६३९३० मा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै कृष्णभक्त महर्जनलाई झुक्याएर २०७५ साल भदौ पाँच गते बैंक चेक काटी बैंकिङ कसूरजन्य अपराध गरेको ठहर अदालतले गरेको छ।