वासिङ्टन। संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा विमानमा सवार तीनजनाको मृत्यु भएको छ।
विमानमा तीन बालबच्चासहित कूल ६ जना सवार रहेको प्रहरीले जनाएको छ।
वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक-इन्जिनयुक्त उक्त विमान वेस्ट जोर्डानको पछिल्तिर आवासीय क्षेत्रमा खसेको थियो।
विमान खसेको एक घरकी महिला पनि घाइते भएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ। रासस-सिन्ह्वा
" /> वासिङ्टन। संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा विमानमा सवार तीनजनाको मृत्यु भएको छ।विमानमा तीन बालबच्चासहित कूल ६ जना सवार रहेको प्रहरीले जनाएको छ।

">