भक्तपुर। मध्यपुर ठिमी नगरपालिका-२ सानोथिमीस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा जीवन श्रेष्ठलाई पक्राउ गरेको छ।
मोरङ विराटनगर उपमहानगरपालिका-१ घर भई हाल सानोथिमी बस्ने ३० वर्षीय श्रेष्ठले महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई १४५ रूपैयाँ घुस दिन खोजेको प्रहरीले बनाएको छ।
बा.९० प २२५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेका श्रेष्ठले उम्कनको लागि घुस प्रस्ताव गरेको प्रहरीले जनाएको छ।
श्रेष्ठले प्रलोभनमा पार्न खोजेपछि प्रहरीले उनलाई उक्त नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> भक्तपुर। मध्यपुर ठिमी नगरपालिका-२ सानोथिमीस्थित सडकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा जीवन श्रेष्ठलाई पक्राउ गरेको छ।मोरङ विराटनगर उपमहानगरपालिका-१ घर भई हाल सानोथिमी बस्ने ३० वर्षीय श्रेष्ठले महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई १४५ रूपैयाँ घुस दिन खोजेको प्रहरीले बनाएको छ।

">