काठमाडौं। बेलायतले आफ्ना नागरिकलाई स्पेन यात्रा नगर्न सल्लाह दिएको छ। उसले कोभिड–१९ का कारण स्पेनलाई हालका लागि सुरक्षित मुलुकबाट हटाएको छ। स्पेनमा छुट्टी मनाउन गएका व्यक्तिले बेलायत फर्केपछि क्वारेन्टिनमा बस्नसमेत सरकारले सल्लाह दिएको छ।
सरकारले भनेको छ, ‘‘सङ्क्रमित वृद्धि हुने क्रम स्पेनमा नघटेको हुनाले उक्त मुलुकलाई सुरक्षितको सूचीबाट हटाइएको छ।’’ यसअघि स्पेनबाट फर्कनले क्वारेन्टिनमा बस्नु पर्दैनथ्यो। बेलायत सरकारले स्पेनमा छुट्टी मनाउन गएका आफ्ना नागरिकलाई स्वदेश फर्कन अनुरोध गरिरहेको छ। पछिल्लो दुई दिनमा स्पेनमा कोरोनाको ९०० नयाँ सङ्क्रमित फेला परेका छन्।
देशमा कोरोनाका दोस्रो फेज शुरू हुन सक्ने सरकारले बताएको छ। स्पेनमा हालसम्म यो विश्व महामारीबाट २८ हजार मानिसको मृत्यु भइसकेको छ। ‘‘जनस्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो र बेलायतमा सम्भावित सङ्क्रमित प्रवेश नगरुन् भनेर यस्तो निर्णय गरेका हौं,’’ सरकारले भनेको छ।
बेलायत कोरोनाबाट अधिक प्रभावित मुलुकमध्येको एक हो। कोरोनाबाट बेलायतमा ४५ हजार ८०० को मृत्यु भइसकेको छ। (एजेन्सी)
" /> काठमाडौं। बेलायतले आफ्ना नागरिकलाई स्पेन यात्रा नगर्न सल्लाह दिएको छ। उसले कोभिड–१९ का कारण स्पेनलाई हालका लागि सुरक्षित मुलुकबाट हटाएको छ। स्पेनमा छुट्टी मनाउन गएका व्यक्तिले बेलायत फर्केपछि क्वारेन्टिनमा बस्नसमेत सरकारले सल्लाह दिएको छ।सरकारले भनेको छ, ‘‘सङ्क्रमित वृद्धि हुने क्रम स्पेनमा नघटेको हुनाले उक्त मुलुकलाई सुरक्षितको सूचीबाट हटाइएको छ।’’ यसअघि स्पेनबाट फर्कनले क्वारेन्टिनमा बस्नु पर्दैनथ्यो। बेलायत सरकारले स्पेनमा छुट्टी मनाउन गएका आफ्ना नागरिकलाई स्वदेश फर्कन अनुरोध गरिरहेको छ। पछिल्लो दुई दिनमा स्पेनमा कोरोनाको ९०० नयाँ सङ्क्रमित फेला परेका छन्।

">