गण्डकी। हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक बाढीपहिरोको कारण ठाउँठाउँमा भत्किएपछि यहाँको जनजीवन प्रभावित भएको छ।
करिब २० दिनअघि ठाउँठाउँमा सडक अवरुद्ध हुने गरी गएको पहिरो र त्यसयताका विभिन्न खण्डमा बाटो बिग्रने भत्कने क्रम बढेपछि म्याग्दी-जोमसोम क्षेत्रको सडक यातायात पूर्णरूपमा ठप्प भएको छ ।
सडकका कारण आवतजावत रोकिएपछि लामो समयसम्मको बन्दाबन्दीका कारण पोखरामा रोकिएका मुस्ताङका सर्वसाधारण यहीँ रोकिन बाध्य छन् मुस्ताङबाट पोखरा आउनुपर्ने सर्वसाधारण पनि त्यही रोकिनु परेको छ।
बाढीपहिरोका कारण म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक ठाउँठाउँमा अवरुद्ध भएको कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरोला सडक खण्ड) का आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए। उनका अनुसार अवरुद्ध सडक मर्मतलाई तीव्रताका साथ बढाउँदा पनि करिब एक महीना अवधि लाग्ने देखिएको छ।
सडक अवरुद्धसँगै डिजेल पेट्रोलको अभाव हुँदा यहाँ सञ्चालित कालीगण्डकी करिडोर आयोजना, विभिन्न पुल निर्माणलगायतका काम प्रभावित भएका छन्। ठाउँ-ठाउँमा बिजुलीका खम्बा ढलेर विद्युत् अवरुद्ध भएपछि खोला जलविद्युत् आयोजनामार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए। रासस