काठमाडौं। प्रहरी प्रधान कार्यालयमा कार्यरत चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
सवारी र सञ्चार शाखामा कार्यरत चारजनामा कोरोना संक्रमण देखिएको हो। ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजामा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको हो।
थप परीक्षणको लागि उनीहरूको स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको प्रहरी नायव महानिरीक्षकसमेत रहेका प्रवक्ता निरजबहादुर शाहीले देखापढीलाई बताए।
"हामीले चारजनाको स्वाब पठाएपछि टेकुले पुन: जाँच गर्दैछ, आज रिपोर्ट आउँछ होला", प्रवक्ता शाहीले भने, "उनीहरू सवारी र सञ्चार शाखाका हुन्।"
" /> काठमाडौं। प्रहरी प्रधान कार्यालयमा कार्यरत चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ।सवारी र सञ्चार शाखामा कार्यरत चारजनामा कोरोना संक्रमण देखिएको हो। ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजामा उनीहरूमा कोभिड-१९ पोजिटिभ देखिएको हो।

">