पोखरा। लायन्स क्लब अफ उज्यालो चौतारीले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि एक लाख एक हजार १११ रूपैयाँको अक्षयकोषको स्थापना गरेको छ।
पोखरा महानगरपालिका-१ भीमकालीपाटन बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीको लागि क्लबले आफ्ना सदस्यबाट रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष अच्युत शर्माले बताए।
उनले भने, “अहिले बोर्डिङ स्कूल पढ्ने र उच्चशिक्षाका लागि विदेश जाने संस्कारको विकास भइरहेको छ, संस्कृत शिक्षाको महत्व उजागार हुन नसक्दा मौलिक संस्कार र संस्कृतिसमेत गुमिरहेको छ, यसको महत्वलाई उजागार गर्न संस्कृत शिक्षामा जोड दिन आवश्यक छ, यो सानो प्रयासले संस्कृत भाषा उत्थानमा सहयोग पुग्नेछ ।”
अक्षयकोषको रकमको ब्याजले संस्कृत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको अध्ययन खर्चमा सहयोग पुग्ने उनले विश्वास जनाए।
विद्यालयका प्रधानध्यापक गोविन्द सिग्देलले विद्यालयमा हाल २०० विद्यार्थी अध्ययन गरिरहेको बताए। उनका अनुसार विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ।
कक्षा ६ देखि १२ सम्म २०० पूर्णाङ्कको संस्कृत विषय पढ्नुपर्ने हुन्छ भने आवासीय विद्यार्थीले ३०० पूर्णाङ्कको संस्कृत विषयको परीक्षा दिनुपर्ने हुन्छ। रासस
" /> पोखरा। लायन्स क्लब अफ उज्यालो चौतारीले संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि एक लाख एक हजार १११ रूपैयाँको अक्षयकोषको स्थापना गरेको छ।पोखरा महानगरपालिका-१ भीमकालीपाटन बगरमा रहेको संस्कृत माविमा अध्ययनरत विपन्न विद्यार्थीको लागि क्लबले आफ्ना सदस्यबाट रकम सङ्कलन गरेर अक्षयकोष स्थापना गरेको क्लबका अध्यक्ष अच्युत शर्माले बताए।

">