बागलुङ। बागलुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ।
गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले बताए।
स्काभेटर चालक भने सम्पर्कमा आएको उनले बताए। ढुंगा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध. १ च ४७ नम्बरको ट्याक्टर र ग. १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको नम्बर खुलेको छैन ।
“पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ”, प्रहरी निरीक्षक रिजालले भने ।
पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो।
अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। रासस
" /> बागलुङ। बागलुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ।गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले बताए।

">