विदेशमा अलपत्र करिब ३५ हजार नेपालीको उद्धार
<p>काठमाडौं। कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र ३४ हजार ८३० नेपालीको यो सातासम्म उद्धार गरिएको छ। </p>
<p>गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो।</p>
<p>यद्यपी, ८ साउनदेखि तत्कालका लागि उद्धार उडान स्थगित गरिएको छ। आगामी १ भदौबाट पुनः नियमित उडान हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
