कैलाली। पश्चिम नेपालमा बसोबास गर्ने तराई क्षेत्रमा थारू समुदायले ‘गुरही’ पर्व मनाएका छन्।
खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा कीरा नलागोस् भनेर गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।
यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको छ।
गुरही सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने जनविश्वास रहेको थारू अगुवा प्रभात चौधरीले बताए।
सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, सङ्कटलगायत अन्य विपत्ति भाग्ने गरेको जनविश्वास छ।
" /> कैलाली। पश्चिम नेपालमा बसोबास गर्ने तराई क्षेत्रमा थारू समुदायले ‘गुरही’ पर्व मनाएका छन्।खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा कीरा नलागोस् भनेर गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।

">