लागुऔषधसहित तीन युवक पक्राउ <p>महोत्तरी। महोत्तरीमा&nbsp;लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ परेकामा मनरासिस्वा नगरपालिका&ndash;४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका&ndash;८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ ।&nbsp;<br /> चमनरासिस्वा-१ स्थित स्वास्थ्य चौकी नजिकै मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खानतलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।&nbsp;प्रहरीले उनीहरुको साथबाट कोरेक्स झोल&ndash;१५ बोतल, डाइजोमपाम ट्याब्लेट ६९ वटा&nbsp;र पेमाडोल ट्याब्लेट ४० वटा&nbsp;बरामद गरेको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्