बैतडी। जनता आवास कार्यक्रमअन्तर्गत सुदूपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन्। संघीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो।
भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन्। तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए।
उनका अनुसार घर निर्माणका लागि बैतडीमा पाँच करोड सात लाख चार हजार, दार्चुलामा एक करोड ५५ लाख र बझाङमा दुई करोड पाँच लाख ६ हजार खर्च भएका छन्। निर्माण भएका सबै घर भूकम्प प्रतिरोधी रहेका कार्यालयले जनाएको छ। चालू आवमा थप घर निर्माण हुने भएका छन्।
जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन्। वर्षौँदेखि त्रिपालमुनि बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुशी भएका हुन्। पञ्चेश्वर गाउँपालिकाका– ४ का गम्भीर टमाटाले सरकारले जनता आवास कार्यक्रमले घर बनाइदिएपछि खुशी भएको बताए। रासस
" /> बैतडी। जनता आवास कार्यक्रमअन्तर्गत सुदूपश्चिम प्रदेशका तीन जिल्लामा घर नभएर त्रिपालमुनि बस्दै आइरहेका ४८६ घरपरिवारले नयाँ घर पाएका छन्। संघीय सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर नभएर त्रिपालमुनि बस्दै आइरहेका अति विपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो।भवन डिभिजन कार्यालय बैतडीमार्फत आर्थिक वर्ष २०७६/७७ मा १० करोड तीन लाखको लागतमा बैतडी, दार्चुला र बझाङमा ४८६ घर निर्माण गरिएका हुन्। तीमध्ये बैतडीमा २८५, दार्चुलामा १०१ र बझाङमा १०० घर निर्माण भएको भवन डिभिजन कार्यालय बैतडीका लेखा अधिकृत प्रेमराज अवस्थीले बताए।

">