विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महीनामा १ लाख बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ। यस अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टीभी, यूरिया मल, घरेलु मदिरा गरी २९ लाख ८० हजार ८६० मूल्य बराबरको सामान अवैध रूपमा भारततर्फ पैठारी एवं निकासीका क्रममा पक्राउ गरिएको जानकारी दिइएको छ।
यस्तै अवैध रूपमा चोरी निकासी एवं पैठारीमा प्रयोग गरिएको ५१ लाख ३१ हजार ४८० मूल्य बराबरको ३० विभिन्न सवारी साधन नियन्त्रण गरिएको छ। कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लाका विभिन्न प्रहरी कार्यालयले एक महीनाको अवधिमा भारततर्फ चोरी निकासी गर्ने क्रममा विभिन्न सामग्री, सवारी साधन तथा अवैध घरेलु मदिरा पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानी र आन्तरिक राजश्व कार्यालयमा वुझाएको जानकारी दिए। सोही क्रममा ३६ व्यक्तिलाई पक्राउ गरिएको प्रमुख खड्काले बताए।
प्रहरीले विगत एक महीनाको अवधिमा चोरी एवं हराएका २८ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। कार्यालयले हराएका एवं चोरी भएका मोबाइल पत्ता लगाउन पाँच जनाको एक टोली परिचालन गरेको कार्यालयले जनाएको छ। रासस
" /> विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले विगत एक महीनामा १ लाख बराबरको अवैध सामान र सवारी साधन बरामद गरेको छ। यस अवधिमा मरिच, लत्ताकपडा, भारतीय रकम, खैनी, मटर, चना, सुपारी, टीभी, यूरिया मल, घरेलु मदिरा गरी २९ लाख ८० हजार ८६० मूल्य बराबरको सामान अवैध रूपमा भारततर्फ पैठारी एवं निकासीका क्रममा पक्राउ गरिएको जानकारी दिइएको छ।यस्तै अवैध रूपमा चोरी निकासी एवं पैठारीमा प्रयोग गरिएको ५१ लाख ३१ हजार ४८० मूल्य बराबरको ३० विभिन्न सवारी साधन नियन्त्रण गरिएको छ। कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काले जिल्लाका विभिन्न प्रहरी कार्यालयले एक महीनाको अवधिमा भारततर्फ चोरी निकासी गर्ने क्रममा विभिन्न सामग्री, सवारी साधन तथा अवैध घरेलु मदिरा पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानी र आन्तरिक राजश्व कार्यालयमा वुझाएको जानकारी दिए। सोही क्रममा ३६ व्यक्तिलाई पक्राउ गरिएको प्रमुख खड्काले बताए।
प्रहरीले विगत एक महीनाको अवधिमा चोरी एवं हराएका २८ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। कार्यालयले हराएका एवं चोरी भएका मोबाइल पत्ता लगाउन पाँच जनाको एक टोली परिचालन गरेको कार्यालयले जनाएको छ। रासस
">