काठमाडौं। देशभर मनसुनी वायुको प्रभावमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको दक्षिण भागमा न्यूनचापीय क्षेत्र रहेको छ।
अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
आगामी २४ घण्टा देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने, ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
" /> काठमाडौं। देशभर मनसुनी वायुको प्रभावमा कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको दक्षिण भागमा न्यूनचापीय क्षेत्र रहेको छ।अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

">