काठमाडौं। कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा देशभर दुई हजार २१८ जनाले आत्महत्या गरेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै झुण्डिएर एक हजार ८२८ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये ९६९ पुरूष, ६५५ महिला, ७८ बालक र १२६ जना बालिका रहेका छन्।
विष सेवन गरेर ३४६ जनाले आत्महत्या गरेको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार गएको चैत ११ देखि साउन ४ गतेसम्ममा १७६ जना पुरूष, १४० जना महिला, १६ जना बालक र १४ जना बालिकाले विष सेवन गरेर आत्महत्या गरेका हुन्।
यस्तै, हाम फालेर नौ/नौ जना पुरूष र महिला तथा डुबेर नौ जना पुरूष र तीन जना महिलाले आत्महत्या गरेका छन्।
औजार तथा हातहतियार प्रयोग गरेर ६ जना पुरूष, दुई जना महिला, आगो लगाएर दुई/दुई जना पुरूष र महिलाले आत्महत्या गरेका छन्।
करेन्ट लगाएर पनि एक जना पुरूषले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको समयमा देशभर दुई हजार २१८ जनाले आत्महत्या गरेका छन्।प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै झुण्डिएर एक हजार ८२८ जनाले आत्महत्या गरेका छन्। त्यसमध्ये ९६९ पुरूष, ६५५ महिला, ७८ बालक र १२६ जना बालिका रहेका छन्।

">