काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिकामा कार्यरत इन्जिनियर भूपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीकाप्रसाद गुरूङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय लमजुङको सहयोगमा उनीहरूलाई बेसीशहर बजारबाट नियन्त्रणमा लिएको हो।
मण्डल र गुरूङ लमजुङ जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) बाट करार सेवामा नियुक्त भई मस्र्याङदी गाउँपालिकामा कार्यरत थिए।
मण्डल र गुरूङले आठ जना लाभग्राहीसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा जनही ५० हजारका दरले चार लाख रूपैयाँ रकम लिएको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङ जिल्ला मर्स्याङदी गाउँपालिकामा कार्यरत इन्जिनियर भूपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीकाप्रसाद गुरूङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय लमजुङको सहयोगमा उनीहरूलाई बेसीशहर बजारबाट नियन्त्रणमा लिएको हो।

">