काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको पाँच लाख ५३ हजार रूपैयाँसहित पक्राउ गरेको छ।
आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले साह र उनकी श्रीमतीलाई कोशी गाउँपालिका-८ सुनसरीबाट आज पक्राउ गरेको हो।
साहले घुस रकम बुझी रौतहटतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारको टोलीले बा २ झ ४१० नम्बरको सोही कार्यालयको सवारीसाधनमा साहले लुकाइछिपाइ राखेको अवस्थामा उक्त रकम फेला पारेको थियो।
पक्राउ परेका साह र उनकी श्रीमतीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डिएफओ) रामबाबु साह र उनकी श्रीमती किरण साहलाई स्रोत नखुलेको पाँच लाख ५३ हजार रूपैयाँसहित पक्राउ गरेको छ।आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले साह र उनकी श्रीमतीलाई कोशी गाउँपालिका-८ सुनसरीबाट आज पक्राउ गरेको हो।

">