काठमाडाैं। अनेरास्ववियुले विद्यार्थी सङ्‍गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ।

आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन्।

‘‘बन्दाबन्दीको बेला आ-आफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो  शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्यूनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ,’’ उनले भनेका छन्, ‘‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाव दिएको छ। परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ।’’

उनले विद्यार्थीको कोभिड-१९ को निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन्। यसैगरी आफ्नी श्रीमतीको बर्बरतापूर्ण ढङ्‍गले हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालालाई बिनाआधार आठ वर्ष ६ महिनामै थुनामुक्त गर्ने आदेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई विशेष अधिवेशन बोलाई संसद्‍मा महाअभियोगको प्रस्ताव अघि बढाउन माग गरेका छन्। रासस

" /> काठमाडाैं। अनेरास्ववियुले विद्यार्थी सङ्‍गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ।

आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन्।

‘‘बन्दाबन्दीको बेला आ-आफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो  शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्यूनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ,’’ उनले भनेका छन्, ‘‘लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाव दिएको छ। परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ।’’

उनले विद्यार्थीको कोभिड-१९ को निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन्। यसैगरी आफ्नी श्रीमतीको बर्बरतापूर्ण ढङ्‍गले हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालालाई बिनाआधार आठ वर्ष ६ महिनामै थुनामुक्त गर्ने आदेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई विशेष अधिवेशन बोलाई संसद्‍मा महाअभियोगको प्रस्ताव अघि बढाउन माग गरेका छन्। रासस

"> विद्यार्थी सङ्‍गठनसँग छलफल गरेर मात्र परीक्षाको कार्यतालिका निकाल्न अनेरास्ववियुकाे आग्रह: Dekhapadhi
विद्यार्थी सङ्‍गठनसँग छलफल गरेर मात्र परीक्षाको कार्यतालिका निकाल्न अनेरास्ववियुकाे आग्रह <p style="text-align: justify;">काठमाडाैं। अनेरास्ववियुले विद्यार्थी सङ्&zwj;गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ।</p> <p style="text-align: justify;">आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी खोले लगतै विभिन्न विश्वविद्यालयले हठात् परीक्षा तालिका सार्वजनिक गरेकाप्रति ध्यानाकर्षण भएको जनाउँदै विद्यार्थीसँगको छलफल गरेर मात्र पढाइ र परीक्षाको कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका हुन्।</p> <p style="text-align: justify;">&lsquo;&lsquo;बन्दाबन्दीको बेला आ-आफ्नो घर गएका टाढाटाढासम्मका विद्यार्थीको आफ्नो &nbsp;शिक्षण संस्थामा फर्कने समय र परीक्षाको न्यूनतम तयारीको समयलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको प्रष्ट छ,&rsquo;&rsquo; उनले भनेका छन्, &lsquo;&lsquo;लकडाउनले सिर्जना गरेका अनेक समस्याले तनावग्रस्त भएका विद्यार्थीलाई यसले थप मानसिक तनाव दिएको छ। परीक्षा र पठनपाठन छिटो गर्ने नाममा न्यूनतम व्यावहारिक पक्षलाई हेक्का नराखी गरिएको अव्यावहारिक निर्णय तत्काल स्थगत गर्न आग्रह गर्दछौँ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">उनले विद्यार्थीको कोभिड-१९ को निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न माग गरेका छन्। यसैगरी आफ्नी श्रीमतीको बर्बरतापूर्ण ढङ्&zwj;गले हत्या गरी जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालालाई बिनाआधार आठ वर्ष ६ महिनामै थुनामुक्त गर्ने आदेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीलाई विशेष अधिवेशन बोलाई संसद्&zwj;मा महाअभियोगको प्रस्ताव अघि बढाउन माग गरेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्