दाङमा सासुद्वारा धारिलो हतियार प्रहार गरी ज्वाइँ घाइते
काठमाडौं। दाङमा सासुले धारिलो हतियार प्रहार गर्दा ज्वाइँ घाइते भएका छन्।

२० कात्तिक राति दाङको घोराही उप-महानगरपालिका- १० स्थित ससुराली आएका गणेश चन्दलाई सासु मधुकुमारी मल्लले टाउकोमा धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

श्रीमतीसँग सामान्य विवाद भई कुटपिट हुँदा मेरी छोरीलाई किन कुटेको भनि सासुले ज्वाइँलाई धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा प्रारम्भिमक उपचारपश्चात नेपालगञ्ज पठाइएको छ।

सासु मधुकुमारी पक्राउ परेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्