काठमाडाैं। तान्जानियाका पूर्वराष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ।
तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनी देशका तेस्रो राष्ट्रपतिको रूपमा चयन भएका थिए। उनले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रूपमा शासन गरेका थिए।
"तान्जानियाका तेस्रो राष्ट्रपतिको निधनबाट म दु:खी भएको छु र यो देशको लागि ठूलो क्षति हो। आउनुहोस्, हामी उहाँहरूका लागि प्रार्थना गराैँ र थप जानकारी पछि आउनेछ," राष्ट्रपति जोन मगुफुलीले टेलिभिजनमार्फत गरेकाे छोटो सम्बोधनमा बताएका छन्। मकापाको मृत्युको कारण भने खुलाइएको छैन।
मकापाको जन्म सन् १९३८ मा दक्षिणपूर्वी मटवाराको एक गरीब परिवारमा भएको थियो। उनले उगान्डामा अंग्रेजीमा विषयमा डिग्री हासिल गरेका थिए। उनले देशको पहिलो राष्ट्रपति जुलियस नायरेरेको प्रेस सल्लाहकारमा नियुक्त भई काम गरेका थिए।
राष्ट्रपति हुनुअघि उनले विदेशमन्त्री र सूचनामन्त्री जस्ता मन्त्रिपरिषद्का पदहरू सम्हालेका थिए। राष्ट्रपति हुनुभन्दा अघि उनी संयुक्त राज्य अमेरिकाका लागि राजदूत थिए।
उनको राष्ट्रपति कार्यकालमा आर्थिक सुधार, उद्योगहरू निजीकरण र अर्थव्यवस्था उदारीकरणको भएको मानिन्छ। रासस/एएफपी
" /> काठमाडाैं। तान्जानियाका पूर्वराष्ट्रपति बेन्जामिन मकापाको ८१ वर्षको उमेरमा डर ए सलाम अस्पतालमा निधन भएको सरकारी स्रोतले शुक्रबार घोषणा गरेको छ।तान्जानिया सन् १९६२ मा बेलायतबाट स्वतन्त्र भएपछि उनी देशका तेस्रो राष्ट्रपतिको रूपमा चयन भएका थिए। उनले सन् १९९५ बाट २००५ सम्म दुई कार्यकाल राष्ट्रपतिको रूपमा शासन गरेका थिए।

">