काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरेका छन्। अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन्।
अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरसको प्रकोपका कारण उक्त सम्मेलन स्थगित हुन पुगेको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन्। उनले भनेका छन्, "यो समय सम्मेलन गर्नका लागि उचित समय होइन। त्यसैले मैले यस समयमा साथीहरुलाई यो सम्मेलन स्थगित गर्नुपर्छ म उहाँहरुलाई अनुरोध गर्नेछु।"
ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिए। राष्ट्रपति ट्रम्पले यस्तो संकटको समयमा ठूला, भीडभाडयुक्त भेला गर्नु उपयुक्त नभएको स्पष्ट गरे।
अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयले संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ४० लाखभन्दा बढी पुगिसकेको विवरण सार्वजनिक गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्। अमेरिकामा कोरानाभाइरसकै कारण एक लाख ४४ हजारभन्दा बढीको ज्यान गइसकेको छ। रासस
" /> काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरेका छन्। अमेरिकाको फ्लोरिडामा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै ट्रम्पले बिहीबार भेला स्थगित गरेका हुन्।अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरसको प्रकोपका कारण उक्त सम्मेलन स्थगित हुन पुगेको पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन्। उनले भनेका छन्, "यो समय सम्मेलन गर्नका लागि उचित समय होइन। त्यसैले मैले यस समयमा साथीहरुलाई यो सम्मेलन स्थगित गर्नुपर्छ म उहाँहरुलाई अनुरोध गर्नेछु।"

">