काठमाडौं। अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए। ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा आज बिहान झरेको पहिरोले पाँच घर पुरेको छ। स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन्। दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन्।
पहिरोका कारण बस्तीमा रहेका ४० घर जोखिममा परेको छ। प्रहरी र स्थानीयले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रासस
" /> काठमाडौं। अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए। ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाका कारण भत्किएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।यस्तै बेलकोटगढीको दुई पिपल डबली नजिकै लामाचौरमा आज बिहान झरेको पहिरोले पाँच घर पुरेको छ। स्थानीय शिक्षक चिरञ्जीवी लामिछानेका अनुसार घरसँगै दुई वटा भैँसी र २० वटाभन्दा बढी बाख्रा पुरिएका छन्। दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीयवासीले बताएका छन्।
पहिरोका कारण बस्तीमा रहेका ४० घर जोखिममा परेको छ। प्रहरी र स्थानीयले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रासस
">