काठमाडौं। भारी वर्षापछि आएको बाढीले भारतको उत्तरपूर्वी राज्य असम कम्तीमा पनि ९३ जनाको ज्यान गएको छ।
यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको र जनधनको ठूलो क्षति भएको यहाँका अधिकारीहरूले बताएका छन् ।
असम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार आज बिहानसम्म यहाँ ९३ जनाको ज्यान गएको छ। बाढीमा कोही बगेर र केहीको डुबेर मृत्यु भएको हो।
यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ। उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ।
बाढीबाट कम्तीमा २६ जिल्ला प्रभावित भएको बताइएको छ। वर्षा अझै नरोकिएको र खतरा पनि नटरेको बताइएको छ। रासस/एएनआई
" /> काठमाडौं। भारी वर्षापछि आएको बाढीले भारतको उत्तरपूर्वी राज्य असम कम्तीमा पनि ९३ जनाको ज्यान गएको छ।यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको र जनधनको ठूलो क्षति भएको यहाँका अधिकारीहरूले बताएका छन् ।

">