राजनीतिक इच्छाशक्ति, लगानी र संरक्षणमा नेपाली सेनाको सहभागिताले वनस्पति र जीव जनावरको रक्षा गर्न नेपाल सफल भएको पनि रेन्जर कंग्रेसको वेबसाइटमा उल्लेख छ।
वन, वन्यजन्तु र जैविक विविधता संरक्षण गर्न पहिलो पंक्तिमा खट्ने व्यक्ति रेन्जर नै हुन्।
“अग्रपंक्तिको जोखिममा रहेर काम गर्ने उनीहरूको सीप बढाउने, सफल अभ्यास, ज्ञान र प्रविधि आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो”, संयोजक ढकाल भन्छन्, “नेपालको जैविक विविधता संरक्षणको क्षेत्रमा यो सम्मेलन एउटा कोशेढुंगा नै हुनेछ।”
वन तथा वातावरण मन्त्रालयका साथै नेपालमा वन्यजन्तु र वनस्पति संरक्षणमा काम गरिरहेका विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), जुलोजिकल सोसाइटी अफ लन्डन, राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता संस्था पनि सहआयोजकको रुपमा रहेका छन्।
यसअघि अन्यत्र भएका सम्मेलनमा भाग लिन गएका नेपाली सहभागीले जैविक विविधता संरक्षणमा नेपाल अग्रपंक्तिमा रहेको बताउँदै सम्मेलन नेपालमा गर्नका लागि प्रस्ताव गरेका थिए। त्यसमा इन्टरनेशनल रेन्जर फेडरेसन सकारात्मक भएपछि नेपालको वन तथा वातावरण मन्त्रालयले कार्यक्रम चितवनको सौराहामा गर्ने निर्णय गरेको थियो।
वर्ल्ड रेन्जर कंग्रेसको वेबसाइटमा एशियामा नै पहिलोपटक हुन गइरहेको यस सम्मेलन विशिष्ट रहेको उल्लेख गरिएको छ। सम्मेलनले रेन्जरका आवश्यकता पत्ता लगाइ एशियाका रेन्जरहरूले सामना गरिरहेका चुनौतिमा ध्यानाकर्षण गराउने बताइएको छ।
"> ७२ देशका ५५० रेन्जर चितवन आउँदै, वन्यजन्तु संरक्षणमा नेपालको सफलता विश्वसामु देखाइने : Dekhapadhi
७२ देशका ५५० रेन्जर चितवन आउँदै, वन्यजन्तु संरक्षणमा नेपालको सफलता विश्वसामु देखाइने
काठमाडौं। २६–३० कात्तिकमा चितवनको सौराहामा वन्यजन्तु र वनस्पतिको संरक्षणमा समर्पित विश्वभरका ५५० जना रेन्जर भेला हुँदैछन्। सबैभन्दा धेरै अष्ट्रेलियाबाट १०० जना तथा त्यसपछि अमेरिकाबाट ६० जना सहभागी हुन लागेको कार्यक्रममा ७२ देशका रेन्जर आउने छन्।
नेपालमा आयोजना हुन लागेको ‘नवौं विश्व रेन्जर सम्मेलन’ नेपालका लागि दुई कारणले महत्वपूर्ण रहेको छ।
सन् १९९५ मा पोल्याण्डबाट शुरू भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन वर्षमा हुने गर्छ। यसपटक नेपालमा हुन लागेको यो सम्मेलन नेपालमा मात्र नभएर एशियामा नै पहिलोपटक हो।
‘वर्ल्ड रेन्जर कंग्रेस’ को आधिकारिक वेबपेजमा ‘वन्यजन्तुको चोरी शिकारलाई पूर्णतया नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरणसहित नेपाल एशियामा नै अग्रणी देशको रूपमा स्थापित भएको’ले नेपालमा सम्मेलन गर्न लागिएको उल्लेख छ।
अन्तर्राष्ट्रियस्तरमा नेपालका रेन्जरले खासगरी वन्यजन्तु संरक्षणका लागि ख्याति कमाएका छन्।
सन् २०११ मा २९ वर्षमै पहिलोपटक नेपालमा अवैध व्यापारका लागि एउटा पनि बाघ वा गैंडा मारिएनन्। यो महत्वपूर्ण उपलब्धीका लागि अग्रपंक्तिमा रहेका रेन्जरहरूले प्रमुख भूमिका खेलेका थिए। सन् २०१४ मा हात्ती, गैंडा र बाघमा पनि यही उपलब्धी प्राप्त भयो। सन् २०१५ मा गैंडा र सन् २०१६ मा हात्ती, गैंडा र बाघमा यस्तै उपलब्धी नेपालले प्राप्त गरेको थियो।
यस्तो सफलता दिलाएका रेन्जरहरूको सफलताको कथा विश्वलाई सुनाउन र अन्य देशका रेन्जरबाट सिक्नपर्ने सिपको आदानप्रदान गर्न पनि नेपालमै सम्मेलन गर्न लागिएको आयोजक समिति संयोजक ढकाल बताउँछन्।
‘वर्ल्ड रेन्जर कंग्रेस’ले आफ्नो वेबसाइटमा नेपालमा नै सम्मेलन किन गर्नुपरेको हो भन्नेबारे खुलाएको छ। जसअनुसार ‘जिरो पोचिङ’ का लागि नेपालले गरिरहेको अभुतपूर्व काम विश्वसामु प्रदर्शन गर्ने अवसर सम्मेलनले दिने उल्लेख छ।
राजनीतिक इच्छाशक्ति, लगानी र संरक्षणमा नेपाली सेनाको सहभागिताले वनस्पति र जीव जनावरको रक्षा गर्न नेपाल सफल भएको पनि रेन्जर कंग्रेसको वेबसाइटमा उल्लेख छ।
वन, वन्यजन्तु र जैविक विविधता संरक्षण गर्न पहिलो पंक्तिमा खट्ने व्यक्ति रेन्जर नै हुन्।
“अग्रपंक्तिको जोखिममा रहेर काम गर्ने उनीहरूको सीप बढाउने, सफल अभ्यास, ज्ञान र प्रविधि आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो”, संयोजक ढकाल भन्छन्, “नेपालको जैविक विविधता संरक्षणको क्षेत्रमा यो सम्मेलन एउटा कोशेढुंगा नै हुनेछ।”
वन तथा वातावरण मन्त्रालयका साथै नेपालमा वन्यजन्तु र वनस्पति संरक्षणमा काम गरिरहेका विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), जुलोजिकल सोसाइटी अफ लन्डन, राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता संस्था पनि सहआयोजकको रुपमा रहेका छन्।
यसअघि अन्यत्र भएका सम्मेलनमा भाग लिन गएका नेपाली सहभागीले जैविक विविधता संरक्षणमा नेपाल अग्रपंक्तिमा रहेको बताउँदै सम्मेलन नेपालमा गर्नका लागि प्रस्ताव गरेका थिए। त्यसमा इन्टरनेशनल रेन्जर फेडरेसन सकारात्मक भएपछि नेपालको वन तथा वातावरण मन्त्रालयले कार्यक्रम चितवनको सौराहामा गर्ने निर्णय गरेको थियो।
वर्ल्ड रेन्जर कंग्रेसको वेबसाइटमा एशियामा नै पहिलोपटक हुन गइरहेको यस सम्मेलन विशिष्ट रहेको उल्लेख गरिएको छ। सम्मेलनले रेन्जरका आवश्यकता पत्ता लगाइ एशियाका रेन्जरहरूले सामना गरिरहेका चुनौतिमा ध्यानाकर्षण गराउने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्