कैलाली। सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बा६ पछिल्लो एक महीनामा १६ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महीनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो हप्ताको मङ्गलबार दार्चुलामा विपद्का घटनामा थप दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।
सुदूरपश्चिममा पछिल्लो एक महीनाको अवधिमा पहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ। यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिराका २५ घटनामा ११ को मृत्यु भएको छ। पहिरोका कारण एक अझै बेपत्ता रहेका छन् भने आठ घाइते भएका छन्।
प्रदेशमा बाढीका ६ घटनामा धनमालको निकै क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएका छन्। बाढीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन। विपद्का घटनामा सबैभन्दा बढी मानवीय क्षति बझाङमा भएको छ। पछिल्लो एक महीनाको अवधिमा बझाङमा पहिरो र बाढीका कारण सात जनाको मृत्यु भइसकेको छ।
केन्द्रका अनुसार बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका विपद्का सबैभन्दा बढी घटना दार्चुलामा भएका छन्। पछिल्लो एक महीनाको अवधिमा दार्चुलामा विपद्का विभिन्न १० घटना भएका छन्। ती घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष र तीन महिला गरी पाँच घाइते भएका छन।
बाढी र पहिरोका घटनामा दार्चुलामा ६ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने दुई घरमा आंशिक क्षति पुगेको छ। बाढी तथा पहिरोबाट दार्चुलामा नौ परिवार विस्थापित भएका छन्। बाजुरामा विपद्का आठ घटनामा एक महिला र एक पुरुष गरी दुईको मृत्यु भएको छ। बाढी तथा पहिराबाट बाजुरामा २० परिवार प्रभावित भएको जनाइएको छ।
पछिल्लो एक महीनामा डोटीमा आठ विपद्का घटना भएका छन्। बैतडीमा तीन, कञ्चनपुरमा दुई र कैलालीमा दुई विपद्का घटना भए पनि मानवीय क्षति भने भएको छैन। कैलालीमा बाढीबाट १४ घरपरिवार र कञ्चनपुरमा दुई घर प्रभावित भएको जनाइएको छ। रासस
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बा६ पछिल्लो एक महीनामा १६ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयमा रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो एक महीनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंशलगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको छ।सुदूरपश्चिमका नौमध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन्। प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यो हप्ताको मङ्गलबार दार्चुलामा विपद्का घटनामा थप दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

">