काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम लिएको आरोपमा लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र सव-इन्जिनियर टीकाप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ।
आठजना लाभग्राहीहरूसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा जनही ५० हजारका घुस/रिसवत माग गरी चार लाख लिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले बताएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई लमजुङबाट करार सेवामा नियुक्त भई उनीहरू गाँउपालिकामा कार्यरत थिए।
निजहरूलाई बेँसीशहर बजारबाट पक्राउ गरिएका उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम लिएको आरोपमा लमजुङको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र सव-इन्जिनियर टीकाप्रसाद गुरुङलाई नियन्त्रणमा लिएको छ।आठजना लाभग्राहीहरूसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा जनही ५० हजारका घुस/रिसवत माग गरी चार लाख लिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले बताएका छन्।

">