काठमाडौं। कोरोना भाइरसको महामारीका बेला विश्वभरि छरिएर रहेका नेपाली डाक्टरहरूको सम्मेलन हुने भएको छ। ‘ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन’ नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ। यो सम्मेलन दोस्रो संस्करण हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गर्ने भएको हो। सम्मेलन सेमी भर्चुअलमा र केही सेसनहरू प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भर्भुअल छलफल हुने एनआरएनए स्वास्थ्य कमिटीले जनाएको छ।
पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो। विश्वभर छरिएर रहेका झण्डै सयभन्दा पनि बढी नेपाली डाक्टरहरू सम्मेलनमा सहभागी हुने एनआरएनएले जनाएको छ। सम्मेलनमा सहभागिताका लागि विश्वभर छरिरएर रहेका गैरआवासीय नेपालीहरूलाई एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले अनुरोध गरेका छन्।
कोेभिड–१९ को संक्रमणले विश्वव्यापी रूपमा आक्रान्त बनेका बेला नेपाली डाक्टरहरूको यो सम्मेलनले विशेष अर्थ राख्ने बताइएको छ। सम्मेलनमा युवा स्वास्थ्य, महिला स्वास्थ्य र पेशा स्वास्थ्यसम्बन्धी छलफल हुने एनआरएन स्वास्थ्य समितिले जनाएको छ।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीका बेला विश्वभरि छरिएर रहेका नेपाली डाक्टरहरूको सम्मेलन हुने भएको छ। ‘ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन’ नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ। यो सम्मेलन दोस्रो संस्करण हो।गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गर्ने भएको हो। सम्मेलन सेमी भर्चुअलमा र केही सेसनहरू प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भर्भुअल छलफल हुने एनआरएनए स्वास्थ्य कमिटीले जनाएको छ।

">