काठमाडौं। चीनका कारण आफू विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रमूख भएको अमेरिकी आरोपको डा. टेड्रोस एड्नम ग्याब्रियसले अस्वीकार गरेका छन्। अमेरिकी विदेशमन्त्री माइक पम्पियोले मंगलबार लन्डनमा ‘चीनको कारण डा. टेड्रोस विश्व स्वास्थ्य संगठनको प्रमूख भएको’ आरोप लगाएका थिए।
तर, डा. टेड्रोसले अमेरिकी आरोपमा शून्य प्रतिशत सत्यता रहेको भन्दै त्यसको खण्डन गरेका छन्। जेनेभामा पत्रकारहरूसँगको भेटघाटमा उनले पूरा विश्व कोरोना भाइरस महामारीसँग लडिरहेका बेला एउटा ठूलो देशको जिम्मेवार व्यक्तिबाट यस्तो गैह्रजिम्मेवार भनाइ आउनु ‘दूर्भाग्यपूर्ण’ भएको बताए।
“यो आरोप एक प्रतिशत पनि सत्य होइन। यो अस्वीकार्य र आधारहिन कुरा हो। अहिले डब्लूएचओ सम्पूर्ण रूपमा महामारीबाट उम्कँदै मानिसहरूको जीवनरक्षा गर्नुपर्ने अभियानमा केन्द्रित छ। उनीहरूको यस्ता हचुवा टिप्पणीका कारण हाम्रो ध्यान विचलित हुने छैन,” उनले भने।
" /> काठमाडौं। चीनका कारण आफू विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को प्रमूख भएको अमेरिकी आरोपको डा. टेड्रोस एड्नम ग्याब्रियसले अस्वीकार गरेका छन्। अमेरिकी विदेशमन्त्री माइक पम्पियोले मंगलबार लन्डनमा ‘चीनको कारण डा. टेड्रोस विश्व स्वास्थ्य संगठनको प्रमूख भएको’ आरोप लगाएका थिए।तर, डा. टेड्रोसले अमेरिकी आरोपमा शून्य प्रतिशत सत्यता रहेको भन्दै त्यसको खण्डन गरेका छन्। जेनेभामा पत्रकारहरूसँगको भेटघाटमा उनले पूरा विश्व कोरोना भाइरस महामारीसँग लडिरहेका बेला एउटा ठूलो देशको जिम्मेवार व्यक्तिबाट यस्तो गैह्रजिम्मेवार भनाइ आउनु ‘दूर्भाग्यपूर्ण’ भएको बताए।

">