सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ।
प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।
उनका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दुल्लु नगरपालिका-१० दैलेखका विष्णुबहादुर थापालाई वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमल, जबर्जस्ती मुद्दामा तीन वर्ष कैद तोकिएका डुङ्गेश्वर गाउँपालिका-३ दैलेखका टोपबहादुर खत्रीलाई वीरेन्द्रनगर १२ चनौटे र चेक अनदार मुद्दामा दुई वर्ष जेल सजाय तोकिएका वीरेन्द्रनगर-१ सुर्खेतका नवराज शर्मालाई सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ। रासस
" /> सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ।प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।

">