काठमाडौं। अफगानिस्तानको सरकारी सुरक्षा फौजको आक्रमणमा परी तालिवान लडाकूतर्फ ३१ जनाको मृत्यु भएको छ। रक्षा मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नान्गाहर प्रान्तमा बुधबार भएको घटनामा परी अन्य १५ जना घाइते भएका छन्।
“देशको खोग्यानी जिल्लामा पर्ने क्वेल्घोमा रहेको सुरक्षा चौकीमा बुधबार अबेर आक्रमण हुन थालेको सूचना अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले पहिले नै पाएको थियो। त्यसैले आक्रमणकारीहरुलाई विफल बनाउन सुरक्षाकर्मीहरु सफल भए,” मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ।
भिडन्तका क्रममा विभिन्न प्रकारका दश सवारी साधनहरु पनि नष्ट भएको मन्त्रालयले जानकारी दिएको छ। यस पहाडी प्रान्तमा धेरै वर्षदेखि बेला बेलामा यस्तै ठूला भिडन्तका घटनाहरु हुँदै आएका छन्। अहिलेको घटनामा परी मारिएकामध्ये १३ जना गैह्र अफगानी नागरिक रहेको वक्तव्यमा उल्लेख छ।
अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै अमेरिका र तालिवान लडाकू समूहका बीचमा गत फेब्रुअरीमा दोहामा शान्ति सम्झौता भएको थियो। सम्झौतामा हिंसात्मक क्रियाकलाप नगर्ने र तालिवान समूहले विदेशी लडाकूहरुसँगको सम्वन्ध त्याग्ने उल्लेख थियो । तर पनि तालिवान लडाकूहरुले अन्तर्राष्ट्रिय सम्वन्ध नतोडेको अधिकारीहरुले बताएका छन्।
शान्ति सम्झौता भएदेखि नै अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीसहितका नेताहरुले पनि हिंसात्मक क्रियाकलाप रोक्न लगातार पटक पटक माग गर्दै आएका छन् ।