काठमाडौं। सरकारी छाप तथा दस्तखत कीर्ते र ठगी मुद्दाका फरार अभियुक्त ललितपुर महांकाल गाउँपालिका-२ बस्ने ४३ वर्षीय हरिशरण महतलाई प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रूपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुर सातदोबाटोमा लुकीछिपि बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
महत समेतले लोप्साङ् लामा र उनकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा रहेको काठमाडौं नागार्जुन नगरपालिका-५ स्थित कित्ता नम्बर ८१८ को २-०-२-० क्षेत्रफल जग्गा मालपोत कार्यालय कलंकीका तत्कालीन खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरू नक्कली बनाएका थिए।
कसूरमा संलग्न खरिदार भीमबहादुर राईलाई सोही ब्यूरोको प्रहरीले २०७४ जेठ २२ गते पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो।
महतलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ।
" /> काठमाडौं। सरकारी छाप तथा दस्तखत कीर्ते र ठगी मुद्दाका फरार अभियुक्त ललितपुर महांकाल गाउँपालिका-२ बस्ने ४३ वर्षीय हरिशरण महतलाई प्रहरीले पक्राउ गरेको छ।उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष कैद र ३७ लाख ५० हजार रूपैयाँ जरिवाना भई फरार रहेका महतलाई ललितपुर सातदोबाटोमा लुकीछिपि बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

">