काठमाडौं। विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी/पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई जारी राखेको छ।
नेपाली सेनाले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरूद्ध भएका सडकहरू सुचारू गर्ने र जोखिममा रहेका स्थानीयवासीको रबरबोट समेतको प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेकाे छ।
“यसै क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रूपन्देही जिल्लाका विभिन्न स्थानहरूमा बाढी तथा पहिरोका कारण खतरामा रहेका स्थानीयवासीको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी झापा, चितवन र भक्तपुर जिल्लाका विभिन्न स्थानहरूमा स्थानीय वासिन्दाको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिरोबाट हुन सक्ने जोखिमको न्यूनीकरण गरिएको सेनाले जनाएको छ।
रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौं जिल्लाका विभिन्न स्थानहरूमा अवरूद्ध सडक सुचारू गर्ने कार्य सेनाले गरेको छ।
साथै दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका दुईजनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी नेपालगन्ज पुर्याइएको छ।
तत्काल उद्धार तथा राहतको लागि काठमाडाैं, इटहरी, भरतपुर र सुर्खेतमा नेपाली सेनाका हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको जानकारी सेनाले दिएको छ।
" /> काठमाडौं। विगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानहरूमा गएको बाढी/पहिरोबाट प्रभावित स्थानहरूमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई जारी राखेको छ।नेपाली सेनाले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरूद्ध भएका सडकहरू सुचारू गर्ने र जोखिममा रहेका स्थानीयवासीको रबरबोट समेतको प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेकाे छ।

">