काठमाडौं। झापाको भद्रपुर नगरपालिका-२ स्थित नयाँ सिमसार क्षेत्रमा डुबेर तीन बालकको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १० वर्षीय अंकुश तामाङ, १५ वर्षीय करण थामी र १२ वर्षीय अर्जुन थामी रहेका छन् ।
घरबाट खेल्न निस्केका उनीहरू घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा अंकुश नयाँ सिमसार क्षेत्रमा बुधबार डुबिरहेको अवस्थामा फेला परेका थिए।
बेपत्ता अन्य दुईजना बालकको सोही सिमसार क्षेत्रको पानीमा बिहीबार बिहान शव फेला परेको हो ।
यस्तै काभ्रेको पनौती नगरपालिका-७ स्थित त्रिवेणीघाटमा डुबेर सोही नगरपालिका-१२, भूमिडाँडा बस्ने ७० वर्षीय शोमप्रसाद हुमागाईको बिहीबार दिउँसो मृत्यु भएको छ।
हुमागाईलाई त्रिवेणीघाटमा डुबेको अवस्थामा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। झापाको भद्रपुर नगरपालिका-२ स्थित नयाँ सिमसार क्षेत्रमा डुबेर तीन बालकको मृत्यु भएको छ।मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १० वर्षीय अंकुश तामाङ, १५ वर्षीय करण थामी र १२ वर्षीय अर्जुन थामी रहेका छन् ।

">