काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरूणराज खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रूपैयाँसहित पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिगएको टोलीले स्रोत नखुलेको उक्त रकमसहित खनाललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो।
खनालले विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिसन बापतको रकम र चेकसमेत अफ्नो कार्यकक्षमा राखेको भन्ने उजुरी परेपछि अख्तियारले खनाल माथि निगरानी बढाएको थियो।
यसै क्रममा उनलाई आज पक्राउ गरेको हो। खनालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरूणराज खनाललाई स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रूपैयाँसहित पक्राउ गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिगएको टोलीले स्रोत नखुलेको उक्त रकमसहित खनाललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो।

">