काठमाडौं। साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिरोले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन। साउन ५ गते धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौं आउने राजमार्ग बन्द छ।
पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १०० स्थानमा पहिराले राजमार्ग बन्द भएको छ। पहिरोका कारण जताततै सडकसमेत भत्किएको छ। सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै छ।
प्रहरीले सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रहसमेत गरिरहेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। मौवा खोलामा ग्याभिन जाली लगाएर नियन्त्रण गर्ने काम भइरहेको छ।
नेपाली सेना र प्रहरीले संयुक्तरुपमा पर्खाल लगाउने काम पनि गरिरहेको र केही दिनपछि मात्र निर्माण पूरा गरेर राजमार्ग सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए।
रासस
" /> काठमाडौं। साउन ४ गतेदेखि परेको वर्षापछिको बाढी र पहिरोले अवरुद्ध राजमार्ग अझै खुल्न सकेको छैन। साउन ५ गते धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलास्थित सडकलाई खोलाले भत्काएपछि काठमाडौं आउने राजमार्ग बन्द छ।पृथ्वीराजमार्गको मुग्लिनदेखि नौबिसेसम्मको क्षेत्रमा करिब १०० स्थानमा पहिराले राजमार्ग बन्द भएको छ। पहिरोका कारण जताततै सडकसमेत भत्किएको छ। सडकमा थुप्रिएको पहिरो डोजरको सहायताले सफा गरिँदै छ।

">