काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाका लागि आवश्यक पर्ने कार्यविधि सार्वजनिक गरेको छ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिअनुसार सम्बन्धित विद्यालयले सैद्धान्तिक र प्रयोगात्मक गरी दुई तरिकाले मूल्यांकन गरिनेछ।

सैद्धान्तिक मूल्यांकनअन्तर्गत प्रत्येक विषयका लागि स्वीकृत पाठ्यक्रममा भएको व्यवस्थाअनुसार विशिष्टीकरण तालिकाअनुरूप सबै पाठ्यभारलाई समेट्ने गरी निर्धारित पूर्णांकको सैद्धान्तिक मूल्यांकन गर्नुपर्नेछ।

त्यस्तै प्रयोगात्मक मूल्यांकनअन्तर्गत पाठ्यक्रममा प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको पूर्णाङ्कका आधारमा बोर्डद्वारा जारी गरिएको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क भर्नेसम्बन्धी निर्देशनको अधीनमा रही प्रयोगात्मक मूल्याङ्कन गर्नुपर्नेछ।

यसरी विद्यार्थीले प्राप्त गरेको नतिजालाई गणना गरी विद्यार्थीको समग्र मूल्यांकन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। त्यसरी मूल्यांकन गर्दा तोकिएबमोजिमको पूर्णांकको आधारमा छुट्टा-छुट्टै प्राप्ताङ्क गणना गर्नुपर्नेछ।

आन्तरिक मूल्यांकनका लागि सम्बन्धित विद्यालयको प्रधानाध्यापक/प्राचार्यको अध्यक्षतामा तीन सदस्यीय परीक्षा तथा प्रमाणीकरण समिति गठन गर्नुपर्नेछ।

समितिमा सम्बन्धित कक्षा शिक्षक र विषयगत शिक्षकहरूमध्येबाट प्रधानाध्यापक/प्राचार्यबाट मनोनीत शिक्षक सदस्य रहनेछन्। तीनैजनाले गरेको मूल्यांकनका आधारमा विद्यार्थीलाई नतिजा दिनेछ।

आंशिक वा ग्रेड वृद्धिका लागि परीक्षा गर्नैपर्ने

आंशिक वा ग्रेड वृद्धिको लागि विद्यालयले परीक्षा गर्नैपर्ने कार्यविधिमा उल्लेख छ। जसका लागि राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित कार्यालयबाट परीक्षार्थीहरूको प्रवेशपत्र, ट्रिप्लिकेटलगायत अन्य विवरणहरू उपलब्ध गराउनेछ।

बोर्डले तोकेको समयावधिभित्र (२०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुनुपूर्व) सामाजिक दूरी कायम गर्न मिल्ने गरी एक दिनमा एक सिफ्ट वा एकै दिन दुई सिफ्टमा फरक विषय वा दुई सिफ्टमा एउटै विषयको परीक्षा सञ्चालन गर्नु पर्नेछ।

एकै दिन सिफ्टका आधारमा एउटै विषयको परीक्षा सञ्चालन गर्दा फरक प्रश्नपत्रबाट परीक्षा सञ्चालन गर्नुपर्नेछ। बोर्डबाट नतिजा प्रकाशन नहुँदासम्म परीक्षार्थीहरूको प्राप्ताङ्क विवरण गोप्य राख्नुपर्नेछ।

विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापका लागि २५ प्रतिशत र सैद्धान्तिक मूल्यांकनमा ७५ प्रतिशत नम्बर पाउनेछन्। त्यसका लागि हाजिरी, गृहकार्य, कक्षाकार्य, प्रोजेक्ट कार्य, सामाजिक कार्य, अनुशासन र सरसफाइ, अतिरिक्त शैक्षिक क्रियाकलाप, युनिट टेष्ट गरी २५ प्रतिशतको अतिरिक्त क्रियाकलाप हुनेछ।

त्यस्तै प्रथम त्रैमासिकबाट १५ प्रतिशत, दोस्रो त्रैमासिकबाट २० प्रतिशत, तेस्रो त्रैमासिकबाट २५ प्रतिशत र अन्तिम परीक्षाबाट ४० प्रतिशत गरी ७५ प्रतिशत नम्बरको सैद्धान्तिक मूल्यांकन गरिनेछ।

" /> काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाका लागि आवश्यक पर्ने कार्यविधि सार्वजनिक गरेको छ।

"> कक्षा ११ को परीक्षा कार्यविधि बन्यो, विद्यार्थीको नतिजा प्राचार्यको हातमा: Dekhapadhi
कक्षा ११ को परीक्षा कार्यविधि बन्यो, विद्यार्थीको नतिजा प्राचार्यको हातमा

प्रतिक्रिया दिनुहोस्