काठमाडौं। प्लास्टिक धर्तीका लागि निकै हानिकारक बोझ बन्दै गएको कुरा अब निर्विवाद छ।
सबैभन्दा महत्वपूर्ण कुरा त के छ भने, यो कुहिन वर्षौं लाग्छ। यसले समुद्री जीवका साथै मानिसलाई समेत ठूलो असर पार्छ।
समुद्रमा बढ्दो प्लास्टिक यतिखेर ठूलो विश्वमुद्दा बनेको छ। केही मानिस र संस्था समुद्रबाट प्लास्टिक हटाउने अभियानमा लागेका छन्।
अलेक्जेन्डर ग्रोभ्स र अजुसा मुराकामीको जोडी पनि समुद्रबाट प्लास्टिक निकाल्ने अभियानमा लागेका छन्। यिनले समुद्रबाट प्लास्टिक निकाल्ने काममात्र गर्दैनन्, त्यसबाट फर्निचर पनि बनाउँछन् र बेच्छन्।
यो जोडीले समुद्रमा रहेको प्लास्टिक र त्यसले पार्ने बहुप्रभावका बारेमा मानिसलाई सचेत पार्ने काम पनि विगत आठ वर्षदेखि गर्दै आएका छन्। उनीहरूले सर्वप्रथम एस्ट ससेक्सको समुद्रमा रहेको प्लास्टिकजन्य फोहोर निकाल्न सुरु गरेका थिए।
फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार यो जोडी समुद्रको फोहोर प्लास्टिकबाट बनेको फर्निचर ठूलो परिमाणमा बेच्दैनन्। उनीहरूले निर्माण गरेको फर्निचर म्युजियममा हेर्न सकिन्छ।
समुद्रमा भेटिएका प्लास्टिकको फर्निचर बनाएर सर्वसाधारणमा यसबारे सचेतना अभिवृद्धि गर्न चाहेको ग्रोभ्स बताउँछन्। अहिले आएर उनको यो उपायको केही ठूला कम्पनीले अनुशरण गर्न थालेका छन्। (एजेन्सी)
" /> काठमाडौं। प्लास्टिक धर्तीका लागि निकै हानिकारक बोझ बन्दै गएको कुरा अब निर्विवाद छ।सबैभन्दा महत्वपूर्ण कुरा त के छ भने, यो कुहिन वर्षौं लाग्छ। यसले समुद्री जीवका साथै मानिसलाई समेत ठूलो असर पार्छ।

">