काठमाडौं। नेपाली सेनाको दोस्रो सैनिक आचारसंहिता सप्ताह सम्पन्न भएको छ।
समारोहको समापन आज एक कार्यक्रमबीच नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले गरेका हुन्।
संविधान प्रदत्त जिम्मेवारीलाई निसंकाेच बहन गर्नको निमित्त कटिबद्ध नेपाली सेनालाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशील बनाउनु पर्ने बलाधिकृत रथी शर्माले बताए।
कार्य सम्पादनको सिलसिलामा आउन सक्ने दुविधाहरूलाई निराकरण गर्न सबैले आफ्नो मन, वचन र कर्मलाई शुद्ध बनाउन अपरिहार्य रहेको समेत उनले जनाए।
सेवामा रहँदा मात्र नभई सेवा निवृत्त भएपछि पनि सकल दर्जाले सैनिक मर्यादा पालना गर्नुपर्ने विषयमा उनले जोड दिएका थिए।
सप्ताहव्यापी उक्त कार्यक्रममा कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दूरी कायम राखी सञ्चालन गरिएको थियो।
कार्यक्रममा नेपाली सेनाका सकल दर्जाले विभिन्न परिस्थितिमा आफ्नो भूमिका र जिम्मेवारीहरूलाई संयमताका साथ सुझबुझपूर्ण तवरले सम्पादन गर्न आवश्यक विषयवस्तु समावेश गरिएको थियो।
" /> काठमाडौं। नेपाली सेनाको दोस्रो सैनिक आचारसंहिता सप्ताह सम्पन्न भएको छ।समारोहको समापन आज एक कार्यक्रमबीच नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले गरेका हुन्।

">