भक्तपुर। चोरी मुद्दामा फरार अभियुक्त भक्तपुर नगरपालिका-२ बस्ने काभ्रेपलाञ्चोक साविक नाग्रेगगर्चे गाविस-९, रुपकोट घर भएका रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत भक्तपुरको २०७४ चैत १५ गतेको फैसलाले चोरी मुद्दामा ६ वर्ष ९ महिना २५ दिन कैद र ७४ हजार १९७ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ।
" /> भक्तपुर। चोरी मुद्दामा फरार अभियुक्त भक्तपुर नगरपालिका-२ बस्ने काभ्रेपलाञ्चोक साविक नाग्रेगगर्चे गाविस-९, रुपकोट घर भएका रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला अदालत भक्तपुरको २०७४ चैत १५ गतेको फैसलाले चोरी मुद्दामा ६ वर्ष ९ महिना २५ दिन कैद र ७४ हजार १९७ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको उक्त परिसरले जनाएको छ।
">