सिरहा। गोलबजार नगरपालिका-३, जमनटकीस्थित सडकमा स १ च ८८५ नम्बरको एम्बुलेन्सले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-७, चियाबारी बस्ने २४ वर्षीय उमेश महराको उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भूमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मिर्चैया नगरपालिका-१० ढोडना बस्ने १९ वर्षीय भरत महराको भूमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको छ।
एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> सिरहा। गोलबजार नगरपालिका-३, जमनटकीस्थित सडकमा स १ च ८८५ नम्बरको एम्बुलेन्सले ‘अनटेस्ट’ लेखिएको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-७, चियाबारी बस्ने २४ वर्षीय उमेश महराको उपचारको क्रममा मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको भूमिजा अस्पताल गोलबजार हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

">