कैलाली। पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा  मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध गरिएको छ ।

१० साउनमा पर्ने यो पर्व कोभिड-१९ महामारीको जोखिमलाई ध्यान दिँदै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ-आफ्नो गाउँ घर टोल समुदायमा मनाउन सबैमा अनुरोध गरिएको सखी सञ्जाललगायत विभिन्न सङ्घ संस्थाको धनगढीमा यहाँ बसेको बैठकले निर्णय गरेको  छ।

‘आफू बचौँ र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन अनुरोध गरिएको सखी सञ्जालका कार्यवाहक संयोजक उन्नति चौधरीले बताइन्।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को अवस्थालाई मध्यनजर गर्दै सामूहिकरूपमा एकै ठाउँमा मनाउँदा भीडभाड भई जोखिम निम्तिने भएकोले यस वर्ष सावधानी अपनाएर आ-आफ्नै गाउँघरमा मनाउन अनुरोध गरिएको उनले जानकारी दिइन्।

यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याङ्ग्रा नलागुन् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।

गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा कीरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास रहिआएको छ। पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको थारु समुदायका अगुवाहरूको भनाइ छ। रासस

" /> कैलाली। पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा  मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध गरिएको छ ।

१० साउनमा पर्ने यो पर्व कोभिड-१९ महामारीको जोखिमलाई ध्यान दिँदै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ-आफ्नो गाउँ घर टोल समुदायमा मनाउन सबैमा अनुरोध गरिएको सखी सञ्जाललगायत विभिन्न सङ्घ संस्थाको धनगढीमा यहाँ बसेको बैठकले निर्णय गरेको  छ।

‘आफू बचौँ र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन अनुरोध गरिएको सखी सञ्जालका कार्यवाहक संयोजक उन्नति चौधरीले बताइन्।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को अवस्थालाई मध्यनजर गर्दै सामूहिकरूपमा एकै ठाउँमा मनाउँदा भीडभाड भई जोखिम निम्तिने भएकोले यस वर्ष सावधानी अपनाएर आ-आफ्नै गाउँघरमा मनाउन अनुरोध गरिएको उनले जानकारी दिइन्।

यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याङ्ग्रा नलागुन् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।

गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा कीरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास रहिआएको छ। पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको थारु समुदायका अगुवाहरूको भनाइ छ। रासस

"> सामाजिक दूरी कायम गरी ‘गुरही’ पर्व मनाउन अनुरोध: Dekhapadhi
फाइल तस्वीर।
सामाजिक दूरी कायम गरी ‘गुरही’ पर्व मनाउन अनुरोध
कैलाली। पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा  मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध गरिएको छ ।

१० साउनमा पर्ने यो पर्व कोभिड-१९ महामारीको जोखिमलाई ध्यान दिँदै सामाजिक दूरी कायम गरेर, भीडभाड नगरी आ-आफ्नो गाउँ घर टोल समुदायमा मनाउन सबैमा अनुरोध गरिएको सखी सञ्जाललगायत विभिन्न सङ्घ संस्थाको धनगढीमा यहाँ बसेको बैठकले निर्णय गरेको  छ।

‘आफू बचौँ र अरुलाई पनि बचाउँ, सुरक्षित र स्वस्थ रहौँ’ भन्ने भावसहित सुरक्षित ढङ्गले गुरही मनाउन अनुरोध गरिएको सखी सञ्जालका कार्यवाहक संयोजक उन्नति चौधरीले बताइन्।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ को अवस्थालाई मध्यनजर गर्दै सामूहिकरूपमा एकै ठाउँमा मनाउँदा भीडभाड भई जोखिम निम्तिने भएकोले यस वर्ष सावधानी अपनाएर आ-आफ्नै गाउँघरमा मनाउन अनुरोध गरिएको उनले जानकारी दिइन्।

यो पर्व वर्षायामको खेतीपाती सकिएपछि धानबालीमा कीरा फट्याङ्ग्रा नलागुन् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स-साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।

गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा कीरा नलाग्ने र बाली हराभरा भई सप्रिने विश्वास रहिआएको छ। पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको थारु समुदायका अगुवाहरूको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्