बनेपा। धुलिखेल नगरपालिकाले बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले बजार क्षेत्रमा जडान गरिएको सीसीटिभी जिल्ला प्रहरी कार्यालयले निगरानीले गर्ने गरी हस्तान्तरण गरिएको छ ।
बजारको विभिन्न क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने काम सम्पन्न भएपछि नगरपालिका प्रमुख अशोक ब्याञ्जुले त्यसको अनुगमन, निगरानी र मर्मतसम्भार कहीँ पनि राम्रो नभएकाले व्यवस्थापन र संरक्षण जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएको बताए।
धुलिखेलको मुख्य बजारक्षेत्र हुँदै मुख्य सडक अरनिको र बिपी राजमार्ग, पनौती जाने सडकमा भएगरेका गतिविधिलाई निगरानी गर्दै शान्ति सुरक्षाको व्यवस्था गर्नमा सहयोग पुग्ने उनले बताए। चालु आवमा थप ३० स्थानमा सीसीटिभी जडान गरिने नगरपालिकाको योजना छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सीसीटिभी जडानको कार्यले अब धुलिखेल नगरपालिकालाई अपराधमुक्त नगरपालिकाका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए।
नगरपालिकाको करिब १५ लाखको लागतमा नगरका विभिन्न १० स्थानमा सीसी क्यामेरा जडान गरेको थियो। रासस
" /> बनेपा। धुलिखेल नगरपालिकाले बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले बजार क्षेत्रमा जडान गरिएको सीसीटिभी जिल्ला प्रहरी कार्यालयले निगरानीले गर्ने गरी हस्तान्तरण गरिएको छ ।बजारको विभिन्न क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने काम सम्पन्न भएपछि नगरपालिका प्रमुख अशोक ब्याञ्जुले त्यसको अनुगमन, निगरानी र मर्मतसम्भार कहीँ पनि राम्रो नभएकाले व्यवस्थापन र संरक्षण जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएको बताए।

">