श्रीलंकाको उड्डयन प्राधिकरणले थाल्यो ‘राजा रावण र लोप भएका प्राचीन हवाईमार्गहरू’काे अध्ययन
<p style="text-align: justify;">काठमाडौं। श्रीलंकाको नागरिक उड्‍डयन प्राधिकरणले ‘राजा रावण र लोप भएका प्राचीन हवाईमार्गहरू’ को विषयमा अनुसन्धान शुरू गरेको छ।</p>
<p style="text-align: justify;">अध्ययनको पहिलो चरणमा राजा रावणको महाकाव्यसँग सम्बन्धित कागजात, पुस्तक तथा अन्य ऐतिहासिक स्रोतहरू जुटाउन थालिएको छ।</p>
<p style="text-align: justify;">सो अध्ययनमा सहयोग पुग्ने त्यस्ता साहित्य पत्ता लगाउन सहयोगको लागि जनतासँग अनुरोध गरिएको छ। <em>न्यूजवायर डट एलके</em></p>